नयाँ बीमा कम्पनीहरुले आक्रामक बजार विस्तार गर्नुस्ः चिरञ्जीवी चापागाई

  २०७४ असोज ६ गते १७:३२     विकासन्युज

चिरञ्जीवी चापागाई, अध्यक्ष-बीमा समिति

मैले बीमा समितिको नेतृत्व गरेको ९ महिना पुग्यो । बैंक र बीमा क्षेत्रको आरम्भ १० बर्षको अघि पछि मात्रै भएको हो । बीमामा अहिलेसम्म ६.७ प्रतिशत मात्रै जनताको पहुँच छ । बैंकमा भने करिब ५० प्रतिशत जनताको पहुँच पुगिसकेको छ । दक्षिण एसियामै बीमा क्षेत्रमा हाम्रो मुलुकको पहुँच न्युन छ ।

के बीमा क्षेत्रलाई यसरी नै अघि बढाउन सकिन्छ त भन्ने प्रश्न उठ्यो । बीमा क्षेत्रलाई अगाडी ल्याउनै पर्ने निष्कर्षसहित हामीले एउटा अध्ययन समिति बनायौं । बजारमा अहिले भैरहेका कम्पनीहरुले बजार वृद्धिमा उल्लेख्य भूमिका खेल्न सक्छन की सक्दैनन भनेर हेरियो । सबैको काम गर्ने आ आफ्नै तौर तरिका हुन्छन मैले पनि आफ्नै ढंगले काम गर्ने निष्कर्ष निकाँले । हाम्रो अध्ययन समितिको अन्तिम निष्कर्षले अहिले भैरहेका ९ वटा जीवन बीमा कम्पनीहरुले मात्रै नपुग्ने देखायो । बैैंकिंग क्षेत्रमा नेपाल बैंक र बाणिज्य बैंक मात्रै थिए, तीनले मात्रै नपुग्ने देखिएपछि निजी बैंक ल्याइएको थियो । हामीले बीमा क्षेत्रमा पनि वित्तिय क्षेत्रमा जस्तै नयाँ कम्पनीलाई लाइसेन्स दिनुपर्ने निष्कर्ष निकाल्यौं । १० बर्ष अघि देखि समितिमा लाइसेन्सका लागि निवेदन दिएर बसेका १२ वटा कम्पनी रहेछन् । हामीले २१ दिनको समय दिएर गाइड लाइन बनाएर पुनःनिवेदन दिन आव्हान गर्र्याै ।

नयाँ बीमा कम्पनीलाई लाइसेन्स किन भन्ने प्रश्न पनि यथाकदा उठ्ने गरेको छ । राष्ट्र बैंकलाई नियामक निकायका रुपमा सबैले चिन्छन तर बीमा समितिलाई चिन्नेहरु थोरै छन् । हाम्रो संस्थागत संरचना पनि सानो छ । पुर्वाधार पनि न्युन छ । कर्मचारी थोरै छन् । हामीले ३० जना कर्मचारी थप्ने अनुमति पाईसकेका छौं । यसले हाम्रो नियमनको क्षमता पनि बढाउँछ ।

अबको हाम्रो मुल काम भनेको निरिक्षण र सुपरिवेक्षण नै हो । अब बीमा कम्पनीहरुले बजार विस्तार गर्न सक्नेछन भने हाम्रो नियमन क्षमता पनि बढ्नेछ । अबको १।२ बर्षमै बीमा क्षेत्रको कभरेज ६.७ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुग्नेछ । नयाँ कम्पनीहरुले आक्रामक रुपमा बजार विस्तार गर्नुस् ।

९ वटा पुराना जीवन बीमा कम्पनी थिए, अब १० वटा थपिएका छन् । धेरै कर्मचारी तानातान भएको गुनासो आईरहेको छ । नयाँ कम्पनीहरुले पुराना कम्पनीका कर्मचारी तान्ने भन्दा पनि नयाँ युवाहरुलाई अवसर दिनुपर्छ । पढेर पनि बेरोजगार भएका धेरै युवाहरुलाई रोजगारी दिनेछ । नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि यो बर्ष नै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एउटा कम्पनीले तीन।चार सय अभियकर्ता बनाउँछ । १० वटा कम्पनीले हजारौं अभियकर्तालाई रोजगार दिन्छन् ।

मलाई लाग्छ, अब बीमा कम्पनीहरुले संकलन गरेको लाइफ फण्डको रकम कहाँ परिचालन गर्ने भन्ने समस्या आउन सक्छ । हामी कहाँ लगानीको सुरक्षित ठाउँकै अभाव छ । धेरै लाइफ फण्डहरु बैंकमा निक्षेपका रुपमा राखिएका छन् । बैंकले निक्षेपको ब्याजदर बढाउँदा त फाइदा नै होला तर ब्याजदर घट्दा बीमा कम्पनीहरुको नाफा पनि घट्न सक्छ ।

मैले सरकारलाई इन्स्योरेन्स क्षेत्रका लागि छुट्टै खालका बण्ड निष्काशन गरिदिन आग्रह गरेको छु । बीमा कम्पनीको लगानी योग्य फण्ड संकलन गरेका छन्, त्यो फण्डलाई पुँजी निर्माण र रोजगारी सृजनामा भरपुर उपयोग गर्नुपर्छ भन्ने निष्कर्ष हो । हामीलाई लगानीका लागि विदेशी लगानी खोज्नै पर्ने बाध्यताको पनि यसले अन्त्य गर्न सक्छ ।

बीमा कम्पनीहरुले अनावश्यक प्रतिष्पर्धा नगरेर स्वस्थ प्रतिष्पर्धा गर्नु पर्छ । बीमा समितिको अबको काम भनेको नियमन र सुपरिवेक्षण नै हो । बीमा कम्पनीहरुको नियमनमा कडाईको प्रक्रिया अघि बढिसकेको छ । बीमा क्षेत्रको बजार विस्तार गर्ने पवित्र उदेश्यले नै नयाँ कम्पनीहरुलाई लाइसेन्स दिएका हौं । उदेश्य अनुसार बीमा कम्पनीहरुले काम गरुन, आक्रामक ढंगले बजार विस्तार गर्नुस ।(बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सञ्चालनका अवसरमा आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको विचार)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.