महालेखाले खानेपानी संस्थानलाई किन गर्यो कारवाही ?

  २०७४ असोज ६ गते १६:३८     विकासन्युज

काठमाडौं । महालेखा परिक्षक कार्यालयले नेपाल खानेपानी संस्थानलाई कारवाही गरेको छ । बक्यौता रहेको लेखापरीक्षण समयमा नतिरेको भन्दै महालेखाले खानेपानी संस्थानलाई कारवाही गरेको हो ।

गत साउन २७ गते संस्थानको बक्यौता रहेको लेखापरीक्षण गत भदौ मसान्तसम्म सम्पन्न गर्न  संस्थानका अध्यक्ष तथा कायम मुकायम महाप्रबन्धक लगायत जिम्मेवार पदाधिकारीलाई निर्देशन हुँदा पनि काम नगरेको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार खानेपानी संस्थानले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षण गराएको छैन । महालेखाले पटक पटक निर्देशन दिएता पनि लेखा र वित्तीय विवरण लेखापरीक्षकहरु समक्ष पेश नगरेको महालेखाले जनाएको छ ।

साथै, महालेखाले कानुन बमोजिम कारबाही गरी ७ दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध गराउन खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.