टेलिकम प्रमुख राजभण्डारीले भनिन्: धरहरा हामी बनाउँछौ

  २०७४ असोज ६ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट ध्वस्त भएको धरहर पुननिर्माण गर्ने प्रतिवद्धता दोहाेराएको । धरहरा निर्माणबाट हात झिक्दै छ भन्ने चर्चालाई चिर्दै टेलिकमकी प्रवन्धनिर्देशक कामीनी राजभण्डारीले धरहरा निर्माणबाट हात नझिकेको स्पष्ट पारिन् ।

टेलिकममा प्रवन्ध निर्देशक भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दे राजभण्डारीले भनिन् “प्राविधिक कुर नमिलेकाले ढिलाइ भएको हो । धरहरा बनाउनबाट हात उठाएका छैनौ । धरहरा पहिले नै बनाउछु भनेको हो, बनाउने छौ ।”

धरहरा बनाउन लाग्ने सबै खर्च व्यहोर्न तयार रहेको उनले स्पष्ट पारिन् । धरहरा निर्माणको विस्तृत अध्ययन गर्दा ५ वटा अप्सन आएको उनको भनाई छ । प्रस्ताव अनुसार ७० प्रतिशत खाली जग्गा चाहिएको हो त्यो अनुसार मापदण्ड नमिलेपछि केही ढिलाइ भएको उनको दावी छ ।

विनाशकारी महाभुकम्पपछी पुनर्निर्माण सम्बन्धमा कम्पनी संचालक समितिको निर्णय अनुसार पुरातात्विक सम्पदा, विद्यालय भवन लगायत धरहरा पुनर्निर्माणमा नेपाल सरकारको निर्देशन एवं योजना परिधी भित्र रहि आगामी ३ वर्ष भित्र १ अर्ब रुपैयाँको योगदान दिन कम्पनी प्रतिबद्ध रहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.