एसबीआई बैंकले ल्यायो प्रिमियम बचत खाता योजना, लकर सुबिधामा ५० प्रितिशत छुट

  २०७४ असोज ६ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले ‘सेभ टुढे फर बेटर टुमरो’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । बैंकले धैरै पैसा जम्मा गर्ने ग्राहकलाई लक्षित गरी यस योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकले लकर सुबिधामा ५० प्रतिशत छुट समेत पाउने छन् । साथै, ग्राहकले रेमिटन्यास चार्जमा ५० प्रतिशत छुट र रियल टाइम ग्रस सेटलमेन्टमा कमिसन पाउने बैंकले जनाएको छ ।

त्यस्तै, भरत यात्रा कार्ड(बिवाईसी) कार्डमा पनि बैंकले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिने भएको छ ।

त्यसैगरी, ग्राहकले बैंकको नेपाल एसबीआई भिसा डेबिट कार्ड र डिम्याट खाता पनि नि:शुल्क खोल्न सक्नेछन् । यसका साथै बैंकले ग्राहकलाई आकर्षक रेटमा ब्याज दिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.