राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुल्यो

  २०७४ असोज ६ गते ११:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुलेको छ ।  राष्ट्रिय बाणिज्य बैंकले ५७१ जनाका लागि जागिर खुलेको हो । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सहायक कर्मचारीदेखि मुख्य प्रबन्धकसम्मका पदमा ५७१ जनालाई जागिर खुलाएको हो । नेपाल टेलिकमले पनि सहायक अधिकृतदेखि उप प्रवन्धकसम्मका पदमा ३८ जनालाई जागिर खुलाएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सूचना प्रविधि एक जना, उप प्रबन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रबन्धक लेखा १६ जना, सहायक प्रबन्धक (कृषि) ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक खजाञ्ची ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको हो ।

नेपाल टेलिकम पनि १७ जना बरिष्ठ इन्जिनियर, ४ जना सहायक स्तरका अधिकृत र ११ जना प्राबिधक माग गरेको हो । बाणिज्य बैंकमा जागिर खान चाहनेले असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने टेलिकममा असोज ६ गतेदेखि ३० दिनभित्रमै आवेदन दिइसक्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.