खुकुरी कक्टेल्समा निश्चल गुरुङको लेभल ३ डेजा भुमा प्रस्तुत

  २०७४ असोज ५ गते १८:४३     विकासन्युज

काठमाडौं । निश्चल गुरुङ, जो अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरिसकेका मिक्सोलोजिस्ट हुन्, उनी यही असोज ३ गते लेभल ३ मा आयोजना गरेको एक विशेष साँगीतिक सन्ध्या एवं भेटघाटका लागि हाल काठमाडौं आएका थिए । दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा

स्वरुप निश्चलले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराएका छन् । साँगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका अलावा यस कार्यक्रममा रम कक्टेल्सको बारेमा जान्ने र यसको रसास्वा दनका साथै अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए ।

खुकुरी कक्टेल्सले आफ्ना पारखी उपभोक्ताहरु र साझेदारहरुलाई खुकुरी कक्टेल्सको रुपमा बिल्कुलै नयाँ अनुभव संगाल्ने मौका दिएको थियो । खुकुरी कक्टेल्स रमको नेपाली परम्परागत स्वादको एक उत्सवहो र ककटेल्सका पारखीहरुको जोशिलो आकाँक्षालाई यसले एक अद्भूत स्वाद प्रदान गर्दै उत्साहित तुल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.