सामसङ्ग डिजिटल प्लाजा अब चुच्चेपाटिमा पनि, उत्कृष्ट उत्पादनहरु पाइने

  २०७४ असोज ५ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटिमा बिहीबार देखि शुभारम्भ गरेको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटिमा खोलिएको हो ।

हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले बिहीबार यस शोरुमको उद्घाटन गरेका हुन् । यो प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कर्भड टिभीएस, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभनस् लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ । काठमाडौं उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले भने, ‘हामी बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै हर्षित भएका छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’ नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.