फुडमाण्डुको दशैं योजना शुरू, अर्डर गरिएका खानामा ३० प्रतिशतसम्म छुट

  २०७४ असोज ५ गते १६:४८     विकासन्युज

काठमाडौं । फुडमाण्डुले महान चाड बडा दशैंको मौकापारेर यो पर्वको लागिविशेष छुट योजना सहितको “खाउँला, पिउँला फुडमाण्डुसँग रमाउँला” योजना शुरू गरेको छ । यस योजनाअन्तर्गत फुडमाण्डुका पार्टनर रेष्टुरेन्टहरुबाट अर्डर गरिएका हरेक प्रकारका खानाहरुको मेनु रेटमा १० प्रतिशतदेखी ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यो चाडवाडको याममा ग्राहकहरुले आफूलाई मनपर्ने प्रियखानाका साथसाथै मदिरा एवं वाइनहरु पनि फुडमाण्डु मार्फत् अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । फुडमाण्डुले आफ्नो सेवामाथप गरेको यो नयाँ सेवा हो र चाडवाडको मौसमलाई लक्षित गर्दै सीमित अवधिका लागि मदिरामा ८ प्रतिशत र बाइनमा १० प्रतिशत आकर्षक छुट समेत प्रदान गरिएको छ ।

फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई उनीहरुका साथीभाइतथा परिवारजनसँग घरमै बसीबसी उत्कृष्ट रेष्टुरेन्टहरुबाट मनपर्ने स्वादिष्ट खानाका साथै त्यही समयमा आफ्नो रुची अनुसारको मदिरा एवं वाइनमगाउनलाई सुविधाहोस् भनेर यो अफर संचालनमा ल्याएको हो । फुडमाण्डु प्रालिका प्रबन्ध निर्देशक मनोहर अधिकारीले यसप्रकारको योजनाका कारण फुडमाण्डु र यसका ग्राहकहरु बीचको सम्बन्धअझ प्रगाढ बनाउन सहायक सिद्ध हुने विश्वास व्यक्त गर्ने भएको छ ।

फुडमाण्डु काठमाडौंका विभिन्न चर्चित रेष्टुरेन्टहरुको मेनुमा उल्लेखित मुल्य मै ग्राहकहरुको माग बमोजिमको खाना अर्डर गरेकै स्थानमा उपलब्ध गराउने सेवा संचालन गर्दै आएको एक विश्वसनीय एवं अग्रणी सेवा प्रदायक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.