फुलमाया फाउण्डेशनद्धारा गायक गुरुङलाई आर्थिक सहयोग

  २०७४ असोज ५ गते १६:००     विकासन्युज

काठमाडौं । कुशल गायक तथा एरेन्जेर पुर्ण गुरुङ लामो सामयदेखि विरामी परेका छन् । उनको मृगौला फेरेको ९ बर्ष पछि पुनः मृगौलामा समस्या देखिएको छ । एक महिना भन्दा बढि लामो समयदेखि गुरुङ त्रिबि शिक्षण अस्पतालमा उपचार गराईरहेका छन् ।

गुरुङकी श्रीमती सुमी श्रेष्ठ श्रीमानको उपचारका लागि गुरुङसँगै अस्पतारमा रहेकी छन् । गुरुङको उपचारका लागि केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ईन्द्रणी परिवारलगायतले आर्थिक सहयोग गरेका थियो । त्यस्तै, बिहिबार फुलमाया फाउण्डेशनको टोलीले पनि गुरुङको उपचारका लागि सहयोग गर्न अस्पतालमा नै पुगेर गुरुङकी श्रीमती सुमीको हातमा २० हजार रूपैयाँ नगद हस्तान्त्ररण गरेको छ ।

गायक गुरुङको उपचारका लागि सहयोग गर्न फुलमाया फाउण्डेशनको तर्फबाट सुस्मिता तमु थेबे लिम्बु, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसि, अनु गुरुङ, फाउन्डेसनको तर्फका अध्यक्ष बिरही कार्की, महासचिव सुमन बैरागी, सदस्य संगीता श्रेष्ठ, अर्जुन गुरुङ, पत्रकार दिनेश थापालगायत अस्गताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.