दशैंमा सनराइज बैंकको ८ शाखा सञ्चालनमा, कुन शाखा कहिले खुल्ला हुन्छ ?

  २०७४ असोज ५ गते १२:५३     विकासन्युज

काठमाडौं । दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो ।

सो अवधिमा यस बैंकले आफ्ना ८ शाखाहरु सञ्चालनमा ल्याउन लागेको छ । बैंकले काठमाडौंका तीन शाखा र काठमाडौं बाहिरका ५ शाखाहरु गरि जम्मा ८ वटा शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

साथै, यस बैंकको मेट्रो पार्क, उत्तरढोका, लाजिम्पाट स्थित मलेसिया भिएलएन एक्सटेन्सन काउन्टरको सेवा पनि बैंकको काठमाडौंको गैह्रिधारा शाखाबाट उपलब्ध गराउने भएको छ । उक्त सेवा असोज ११ तथा असोज १६ देखि २० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकको यस शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.