ग्लोबल आइएमई क्यापिटलले १६ प्रतिशत नगद लाभांश दिने, १० प्रतिशत बोनस पनि

  २०७४ असोज ५ गते ११:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई १६ दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव राखेको छ ।

उक्त सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी असोज २७ गते कम्पनीको १०औँ वार्षिक साधारणसभा बोलाएको छ ।

साथै, कम्पनीले आफ्नो चुक्ता पूँजी बढाई ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.