यूनियन लाइफ इन्स्योरेन्सले हिजो अनुमति पायो, भोलिबाट सञ्चालनमा आउने

  २०७४ असोज ५ गते ९:५४     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले हिजो (बुधबार) बीमा समितिबाट कारोबार सञ्चालन अनुमति पाएको छ । यस कम्पनीले भोलि (शुक्रबार) औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए ।

 

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबार शुभारम्भ गर्ने कम्पनीको तयारी छ ।

२ अर्ब १५ कराेड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ ।

हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.