जगडोलमा तेस्रो संबिधन दिवस माइयाे, सरसफाइ कार्यक्रममा १३ वटै वडाका जनप्रतिनिधिहरु सहभागी

  २०७४ असोज ४ गते २०:१९     विकासन्युज

काठमाण्डौ । संविधान दिवसको उपलक्ष्यमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा स्थानिय जगडोल रेसिडेन्ट ग्रुप र सुगम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भिभिद सरसफाईका कार्यक्रम तथा जनचेतनामुलक सामाग्रीहरु गाउँका विभिन्न स्थानहरुमा टास गरि मनाएको छ ।

कार्यक्रममा आयोजक सस्थाले बिहानदेखि आवस्यक स्थानहरुमा डस्ट्बिन समेत राखि साँझ जगडोल झण्डा पार्कमा दीप प्रज्वलन गरि समापन गरेको थियो ।

संबिधानको सफलताको कामना गरौ । आफ्नो टोल सफा गरौं भन्ने नाराका साथ स्थानीय टोललाई सफा र सभ्य बनाउने उद्देस्यले बु.न.पा का मेयर उद्दव खेरेलले सार्वजनिक आह्वान गरेका छन् । सोही अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सबै वडाहरुमा बिभिद सरसफाईका कार्यक्रमहरु र बेलुका दीप प्रज्वलनका कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाईएको थियो ।

नगरपालिकाको १३ वटै वडाका जनप्रतिनिधिहरु मार्फत नगरपालिका भरी रहेका स्थानिय संस्था, बिद्यालय, सहकारी संस्था, पेसागत समूह, महिला समूह, राजनितिक दल लागायत विभिन्न क्षेत्र सगँ आवद्ध रहेका ब्यक्तिहरु स्वस्वफुर्त रुपमा सहभागि भएका थियो ।

कार्यक्रमलाई समापन गर्दै जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले संबिधानको सफलताको लागि सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.