बीमा संस्थानको जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना

  २०७४ असोज ४ गते १८:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले करिब ६ बर्ष अघि नै सार्वजनिक गरेको यो योजना भर्खर मात्र कार्यान्वयनमा ल्याएको हो । योजना अनुसार बीमितले २ पटक बीमा दावी गर्न पाउनेछन् ।

सावधिक अवधी पुरा भएपछि एक पटक दावी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दावी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुनेछ । बीमा लेख लागु भएको २ बर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने बीमा संस्थानकी सहायक प्रबन्धक आशा कुमारी बस्नेतले बताइन् ।

कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । बीमा संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले सावधिक र आजिवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठुलो भूमिका निर्वाह गर्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.