मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु

  २०७४ असोज ४ गते १८:२३     विकासन्युज

काठमाडौं । मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेन्ट्रेड एसिया एसडिएन बिएचडि र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । उक्त सेवा सम्बन्धि सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्ट्रेड एसियाको चिफ मनी सर्भिस बिजनेस अफिसर सर्भेस्वारन राजा गोपालले हस्ताक्षर गरेका छन् ।

उक्त सेवा अन्तर्गत मलेशियामा रहने नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्नेछन् ।

सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै सर्भेस्वारन राजा गोपालले लेसिटी एक्सप्रेस र मर्चेन्ट्रेडको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताएका छन् । साथै, आउने दिनमा यो सम्बन्ध अझ मजबुद हुँदै जाने बताएका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.