दशैंको अवसरमा टेलिकमले दियाे ८ सेवामा विशेष छुट, हेरौँ कुन कुनमा केके दियो ?

  २०७४ असोज ४ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उपलब्ध गराएको विशेष छुट निम्न प्रकारका छन् ।

१. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म ५०, १००, २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ ।

२. युट्युब डाटा प्याकेज:  जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

३. कम्बो प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने कम्पनीले जनाएको छ ।

४. भ्वाइस प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

५.पोष्टपेड सेवामा बोनस: सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ ।

६. एडिएसएल/एफटिटिएच/वाइम्याक्स अफर: असोज ११ गतेदेखि असोज १८ भित्र अनलिमिटेड र भोलुम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी असोज ११ देखि १८ गते भित्र एफटिटिएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ गतेसम्म थप गरिएको छ ।

७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिन कम्पनीले जनाएको छ ।

८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.