नेपाल इन्भेष्टमेन्ट बैंकको असोज १८ गतेदेखि २१ दिन बुक क्लोज

  २०७४ असोज ४ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ ।

उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.