शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने

  २०७४ असोज ४ गते १२:२१     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको बैंकले जनाएकाे छ ।

सञ्चालक समितिकाे निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.