सननेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन शुक्रबार हुँदै, अब ११ वटा जीवन बीमा कम्पनी सञ्चालनमा

  २०७४ असोज ४ गते १२:१३     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

२ अर्ब चुक्ता जारी पुँजी राखेर खुल्न लागेको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् । यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.