ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल किन्ने ग्राहकको भीड, सस्तो मूल्यमा फोन पाइने

  २०७४ असोज ३ गते १८:२०     विकासन्युज

ललितपुर । ललितपुरको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमित रुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो ।

यो योजनामा ग्राहकहरुले अन्य मोबाइल बजार भन्दा सूपथ मूल्यमा विभिन्न ब्राण्डका मोबाइल किन्न पाएको हुँदा ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुको भीड दिनप्रति दिन वृद्धि हुँदै गएको छ ।

योजनामा सहभागी अधिकांश ग्राहकहरुले दशैंको अवसर पारेर मनपर्ने ब्राण्डका मोबाइलहरु खरिद गरिरहेका छन् । योजना लागू भएदेखि नै दैनिक सयौं ग्राहकहरुले सूपथ मूल्यमा फोनहरु खरिद गर्न पाउँदा उत्साहित भएका छन् ।
‘स्थापनादेखि नै मोबाइल खरिदकर्ताको पहिलो प्राथमिकतामा पर्न सफल भएको एक मात्र विश्वसनिय र भरपर्दो मोबाइल कम्प्लेक्स भएको हुँदा ग्राहकहरुले नयाँ योजनालाई निकै मनपराएका छन्,’कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने ।

ललितपुर मलको दोस्रो तल्लामा रहेकोललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो समापनको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परल मूल्यमा नै मोबाइल बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो । यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य(एमआरपी)मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ । यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहेअनुसारको फोन किन्न सक्नेछन् ।
याे योजना अवधिभर ग्राहकहरुले कुनैपनि ब्राण्ड र मोडलका मोबाइल फोनहरु सूपथ मूल्यमा खरिद गर्न सकिनेछ ।
कम्प्लेक्समा ह्वावे, जियोनी, सामसुंग, कलर्स, आईफोन, एचटिसी, नोकिया, वानप्लस, लाभा, डिटिसी, कलर्सलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.