दक्षिण एशियामा केन्द्रबिन्दु नेपाल र मेड इन नेपाल

  २०७४ असोज ३ गते १९:३०     खुर्सिद बर्लास

काठमाडौं । नेपाल सरकार प्रति म कृतज्ञ छुँ, उहाँले हामीलाई व्यापार मेला आयोजना गर्न सधैं सहयोग गर्नुहुन्छ । पाकिस्तानमा रहेको नेपाली राजदूतवासले पनि सराहना गरेको छ । नेपालमा पाकिस्तानी उत्पादनलाई निकै रुचाइएको छ । हाम्रो पहिलो मेलामा नै धेरै जनाको भीड लागेको छ । त्यसले हामीलाई ठूला उर्जा थपेको छ ।

तीन वर्षअघि विनाशकारी भूकम्पमा पनि हामीले मेला आयोजना गर्यौं । अन्तराष्ट्रिय पर्यटकहरु आइरहेका थिएनन् । यद्दपी हामीलाई नेपाली नागरिकलाई पीडामा साथ दिन्छौं भन्ने पक्षमा थियौं । हामीले त्यतिबेला मेलाबाहेक रिबिल्ट नेपालको अवधारणालाई पनि अघि बढाएको थियो । नेपाली उपभोक्तालाई सस्तो दरमा सामान बिक्री गरिरहेका थियौं । हामी अब सार्क मूलुकबीचको व्यापार सम्झौता सुदृढ पार्न सबै देशको सहभागीतामा नयाँ मेला आयोजना गर्न चाहन्छौं । सार्कलाई बलियो र शान्तिपूर्ण बनाउन रिजनल ट्रेड महत्वपूर्ण छ । जति रिजनल ट्रेडमा सुधार आउँछ, त्यति कनेक्टीभीटी विकास हुँदै जान्छ । त्यसैले हामी प्रत्येक सार्क मुलुकहरुमा व्यापार मेला गर्न चाहन्छौं ।

नेपाल दक्षिण एशियामा केन्द्रबिन्दुको रुपमा रहेको छ । चारैतर्फ यसको विभिन्न मूलुकसँग नेपालको सबैभन्दा खास विषय यसले तटस्थ भुमिका निभाएको छ । हरेक मूलुकसँग यसको सम्बन्ध राम्रो छ । नेपालले आफ्नो उत्पादनलाई पनि बाहिर निस्कनु आवश्यक छ । नेपालले आफ्नो उत्पादनको प्रवर्धन गर्न विदेशमा ‘मेड इन नेपाल’ आयोजना गर्नुपर्छ ।

नेपाल भूपेरिवेष्ठित भएकोले यहाँ सामूद्रीक बन्दरगाह छैन । यसले निकै बाध्यता ल्याएको छ । नेपालमा सामान ल्याउन कोलकताबाहेक विकल्प पनि छैन । छिमेकमा भारत हुनुको नेपाललाई फाइदा र बाध्यता दुवै छ । यसलाई बेपरवाह गर्न पनि सकिदैन । नेपालमा पाकिस्तानको बजार यति सानो छ की कुनै अंकमा पनि उल्लेख गर्न सकिदैन । नेपालमा हुने जति पनि कारोबार प्रदर्शनीका कार्यक्रममा मात्र देखिन्छन् । हामीले व्यापार बढाउन नियमित आयात र निर्यातमा जोड दिनुपर्छ ।

हामीलाई व्यापार बढाउनलाई केहि व्यवधान छ । हामीलाई नेपालमा सामान पठाउनुछ भने कलकत्तामा सहज पहुँचको व्यवस्था हुनु जरुरी छ । नेपालमा सामान पठाँउदा क्लियरेन्सका लागि मात्रै निकै समय लाग्छ । कलकत्ता र वीरगञ्जमा छुट्टाछुट्टै समय लाग्छ । पाकिस्तानबाट जहाजमा एउटा कन्टेनरमा सामान पठाँउन मात्र दुई महिना लाग्छ । यदि बाइरोड एक्सेस दिने हो भने नेपालमा एक हप्तामा सामान आइपुग्छ । यो कुरा बसेर नै समाधान हुने कुरा हो । त्यसैले सार्कस्तरमा रिजनल कनेक्टिभीटीलाई जोड दिनु आवश्यक छ ।

नेपाल र पाकिस्तानबीच दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) भएको छ । तर दुर्भाग्यवश खासै कार्यान्वयन हुनसकेको छैन । हरेक मूलुकको आन्तरिक नीति हुन्छ । कुन उत्पादनलाई प्राथमिकता दिने ? भन्सार सहुलियत दिने कि नदिने ? त्यसैले साफ्टालाई त्यति महत्व नदिइएको पाइन्छ । साफ्टामा आइसकेपछि रिपिटेड ड्युटी लाग्नु भएन । जस्तो श्रीलंका र पाकिस्तानबीच छ । स्वतन्त्र व्यापार सम्झौतामा आइसकेपछि धेरै जसो सामानहरुमा निःशुल्क करको व्यवस्था गरिएको छ । हामी सार्क मुलुक बसेर छलफल गर्नु जरुरी छ । यदी कुनै मुलुकले उत्पादन गर्ने वस्तुले अर्को मुलुकमा नकारात्मक असर पार्दैन भने त्यसलाई ड्युटी फ्री गर्नु उपयुक्त हुन्छ । यसरी हामी एकअर्कासँग साझा विषयमा छलफल गर्न सक्छौं ।

म सार्क चेम्बरको सदस्य पनि हुँ । हरेक वर्ष सार्क अन्तर्गतमा मुलुकमा चेम्बर लेबलको सार्क सम्मेलन हुन्छ । दुई साता अघिमात्र श्रीलंकामा भएको थियो । हामी आफ्नो सुझाव तथा प्रस्ताव सेक्रेटरियट लेबलमा पुर्यााउन सक्छौं । तर त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी उनिहरुको हुन्छ । साफ्टा कार्यान्वयनको विषयमा धेरै कुरा समाधान गर्नुपर्ने देखिन्छ ।

श्रीलंककासँग जसरी स्वतन्त्र व्यापार सम्झौता भयो त्यसरी नै नेपालसँग पनि हुनु जरुरी छ । यसले व्यवसायमा प्राकृतिक रुपमा नै सुधार आउँछ । हामी दुई देशबीच हवाई सञ्जालको पनि व्यवस्था छैन । पहिले नेपालमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए) चल्थ्यो । विमानमा अभाव देखिएपछि त्यो पनि चारवर्षदेखि बन्द भइसकेको छ । एयरलाइन्स कम्पनी पनि अर्थतन्त्रको हिसाबले चलिरहेको हुन्छ । जति बढी कारोबार हुन्छ एयरलाइन्स पनि त्यहि अनुसार चल्छ । राजश्वमा गिरावटद आएर एयरलाइन्सको प्राथमिकताबाट हट्यो ।

तर अन्य तेस्रो मुलुकले पाकिस्तानको कराची वा इस्लामाबादलाई टच गरेर पनि काठमाडौं आउने प्रस्ताव आइरहेको छ । ईस्लामाबाददेखि नेपालसम्मको हवाई दुरी डेढ घण्टाभन्दा कम छ । कतिपय मुलुकबाट १५ ÷२० घण्टा यात्रा गरेर पनि सामान आइरहेको छ । यसरी एयर कनेक्टीभीटी राम्रो भयो भने व्यापारमा पनि वृद्धि हुन्छ ।

पाकिस्तानका औषधी उद्योगी नेपालमा लगानी गर्न निकै इच्छुक छन् । नेपालमा नियमित तवरबाट आयातकर्ता नियुक्त गर्न चाहन्छन् । यसका लागि बैठक चलिरहेको छ । उनीहरुले आफ्नो निर्यात बढाउन चाहेका छन् । त्यस्तै गतवर्ष ब्याट्री निर्माण गर्ने कम्पनीले पनि इच्छा देखाएका थिए । तर समस्या उही पुरानो छ । हेभ्भी सामान बाइ सिप आउछ। सर्भिस सेक्टर पनि छ जो एकदमै रुची देखाइरहेका छन् ।

पाकिस्तानको जुनसुकै सामान नेपालमा बिक्री हुन्छ । तर मागको विषयमा रिसर्च हुनु आवश्यक छ । उपभोक्ताको खरिद क्षमताको एउटा रिसर्च भयो भने सहज रुपमा कारोबार अगाडी बढ्छ । यदी हामीले महंगो ल्यायौं भने थोरै बिक्छ र सस्तो ल्यायौं भने धेरै बिक्छ । यद्दपी नेपालका उपभोक्ताहरु ’क्वालिटी कन्सियस’ (सामानको गुणस्तरबारे जानकार) छन् । उनीहरुले सामानको गुणस्तरलाई बुझ्छन् । तर त्यो सामानलाई पनि सस्तो दाममा किन्न चाहन्छन् । यदि हामीले पाकिस्तानबाट गूणस्तरको सामान सस्तो मूल्यमा बेच्यौं भने कारोबारमा कुनै समस्या आउँदैन ।

पहिले पिआइएबाट टिकटको ५० हजार तिरेर सामान ल्याइन्थ्यो अहिले ५० लाख रुपैयाँ तिरेर सामान ल्याउनुपर्ने बाध्यता छ । आयातमा हुने ढिलाई नै यहाँको मूख्य समस्या हो । अन्य मूलुकमा जस्तै भारतमा हाम्रो व्यापार राम्रो छ । यद्दपी उनीहरु हाम्रो फेबरमा छैनन् । दोस्रो विकल्पका रुपमा नेपालका औद्योगीक क्षेत्रमा हामी जोयन्ट भेन्चर्स चलाउन सक्छौं । हामी कच्चा पदार्थ, प्रविधिदेखि लगानीसम्मको व्यवस्था गर्नसक्छौं । र नेपालको भूमिलाई सदुपयोग गर्न सक्छौं । यसरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । उर्जा क्षेत्रमा नेपालले धेरै सम्भावना बोकेको छ । उपभोग्य वस्तु, औषधि तथा कस्मेटिक सामान लगायतका सामानमा पनि नेपालमा राम्रो संभावना छ ।

नेपालमा उर्जाको माग बढ्दो छ । यहाँ ससाना बाँध तथा टर्बाइन निर्माण गर्न सकिन्छ । विद्युत उत्पादन गरेर राष्ट्रिय ग्रिडमा उपलब्ध गराउन सकिन्छ । यद्दपी मलाई यहाँको जोयन्ट भेन्चर्सको नीति र वैदेशिक लगानीलाई कतिको प्राथमिकता दिइन्छ भन्नेबारे त्यति जानकारी छैन । अर्थशास्त्रमा एउटा साधारण अवधारणा छ । व्यवसायी सधैं नाफामुखी क्षेत्रमा लगानी गर्न इच्छुक हुन्छन् । उनिहरुले स्थानमा धेरै ध्यान दिदैनन् । व्यवसायी एउटा परेवा जस्तै हो । यदि अशान्ती भयो भने परेवा उडिहाल्छ । त्यस्तै व्यवसायीले पनि लगानीमैत्री वातावरण खोज्छन् । नेपालले चाह्यो भने पाकिस्तानसँग व्यवसायिक साझेदार बन्न सक्छ ।

दुई वर्षअघि भारतसँगको सिमाना बन्द थियो । नेपालमा पेट्रोल तथा ग्याँस आपूर्ति असहज बनेको थियो । बच्चा विद्यालय जान सक्दैन थिए । बजार सुनसान थियो । त्यो समयमा पनि प्रदर्शनी आयोजना गरेका थियौं । उपभोक्ता पदैलमा पनि किन्न आएका थिए । यसले नेपाली उपभोक्ताको नेपालप्रतीको माया साबित भएको थियो । त्यसैले हामी पनि यो प्रेम देखाउन चाहन्छौं । तपाईंहरु पनि नेपाल आएर प्रदर्शनी गर्नुहोस् । यहाँको भन्दा दोब्बर भीड हामी प्रदान गर्नेछौं ।
(रावलपिंडी चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष खुर्सिद बर्लाससँग पवन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.