महिन्द्राको नयाँ शोरुम नक्शालमा, पिक अप गाडी मात्र पाइने

  २०७४ असोज ३ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ ।

उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जय जादवले गरेका छन् । ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ ।

अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम् यु भि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.