कोका-कोलाको दशैं अफर अन्तर्गत २८०० भन्दा बढि बिजेताको नाम घोषित

  २०७४ असोज ३ गते १२:३३     विकासन्युज

काठमाडौं । कोका-कोला नेपालले ‘मन खोलौं कोकसँग’ नारा सहितको दशैं प्रबद्र्धनात्मक योजनामा २८०० भन्दा बढि बिजेताहरुको नाम घोषणा गरिसकेको छ । यो वर्षको विशेष अभियानले अनेकौं रोमाञ्चक उपहारहरु जित्ने अवसर प्रदान गरिरहेको छ । यसमा एउटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक प्रत्येक दिन उपहारमा स्वरुप जित्न सकिने छ भने अन्य आकर्षक पुरस्कारहरु मध्ये ४ वटा एलजी एलईडी टिभी दैनिक रुपमा तथा १०० रूपैयाँको ४०० जनालाई मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा जित्न सकिने छ ।

आजको दिनसम्म, कोकाकोलाले ७ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ, जसले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल भएका छन् भने ४८ जना उपभोक्ताहरु, जसले एलजी एलईडी टिभी, र २८०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् । यो अभियान यहि असोज ३० गतेसम्म संचालन हुनेछ । आगामी थप ४ सातामा, अझै धेरै टिभिएस स्ट्राइक बाइकहरु, एलजी एलईडी टिभीहरु, र मोबाइल फोन रिचार्ज कार्डहरु दैनिक रुपमा जित्न सकिने छ ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजे देखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिने छ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् ।

ग्राहकले कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.