वेस्टर्न युनियनद्धारा सामसुङ ग्यालेक्सी जे७ प्रो जित्ने पहिलो बिजेता घोषित

  २०७४ असोज २ गते १८:१७     विकासन्युज

काठमाडौं । विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले दशैं तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’नारा सहितको योजनाको पहिलो विजेताको घोषणा गरेको छ । दसैं, तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’अभियान अन्तर्गत यहि सेप्टेम्बर ११ तारिखमा सामसङ जे७प्रो जित्ने पहिलो बिजेताको नाम सार्बजनिक गरेको हो ।

प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमार्फत दाङ निवासी अर्जुन ओली सामसङ जे ७प्रो जित्ने पहिलो भाग्यशाली बिजेता भएका छन् । सामसङ मोबाइल प्रत्येक साता दिनु साथमा यो अभियानले दैनिक रुपमा ग्राहकहरुलाई ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको रिचार्ज कार्ड प्रदान गर्दै आएको छ ।

यो योजनाले विदेशमा रहेर दशै मनाउन नपाउने नेपाली दादुभाईहरुलाई नजिक ल्याउनका साथै वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्नो आफन्तसँग नजिक भएको अनुभुति गराउनको लागि गरिएको जनाएको छ । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नका लागि अफर ल्याइएको हो ।

यो योजना कात्तिक ११ गतेसम्म लागु हुनेछ । सबै आफन्त र साथीभाई एकै ठाउँमा नहुन सक्छ । आफन्त र साथीभाईहरु विदेश बस्ने र काम गर्ने हुन्छन् । चाडपर्वको अवसरमा आफन्तलाई नजिक र खुसिको अनुभुति प्रधान गर्ने यो योजनाको प्रमुख उदेश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.