१५ दिनदेखि बीमा संस्थान प्रमुृखविहीन, नियुक्तिमा ढिलाइ

  २०७४ असोज २ गते १६:१५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा नयाँ प्रशासक नियुक्तिमा ढिलाइ गरेको छ ।

गत भदौ १९ गतेदेखि प्रशासक आश्विनीकुमार ठाकुरको पदावधि सकिएपछि अहिले संस्थान प्रमुखविहीन भएको छ । हाल निमित्त प्रशासकको रुपमा सुरेन्द्र थापाले जिम्मेबारी सम्हालेका छन् ।

स्थानिय तहको निर्वाचन आचारसंहिता र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिकामा रहेकाले नियुत्तिको प्रक्रिया रोकिएको हुन सक्ने अर्थ मन्त्रालयका प्रवत्ता अर्जुनप्रसाद पोखरेलले बताए । नियुत्तिका लागि अर्थले सूचना प्रकाशित गर्नुपर्नेमा हालसम्म नभएको उनले स्पष्टपारे ।

यता संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पनि संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु नभएको बताए । औपचारिक रुपमा नियुक्ति भएको जानकारी नपाएको उनले स्पष्टपारे ।
संस्थानमा ०६८÷०६९ देखियताको लेखापरीक्षण भएको छैन् । महालेखा परीक्षकको कार्यलयले लेखापरीक्षक पठाएर परीक्षणको काम सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.