कोकाकोला र आईसेकको सहकार्य घोषणा

  २०७४ असोज २ गते ११:२१     विकासन्युज

काठमाडौं । कोकाकोला नेपालले आइसेकसंगको सहकार्यलाई सेप्टेम्बर ११ तारिखमा औपचारिक रुपमा घोषणा गरेको छ । सहकार्य गरिरहेका संस्थाहरुका साथमा, आइसेकले बहुसंस्कृति आदान प्रदान गर्न स्वयंसेवाको अनुभव तथा व्यवसायीक कार्यहरुको रुपमा संजाललाई सहयोग गर्दछ ।

यो सहकार्यले कम्पनीहरु तथा युवाहरुलाई दिगो विकासको लागि स्पष्ट मार्गचित्र बनाउन एकआपसमा जोड्ने अपेक्षा कम्पनीको रहेको छ । कोकाकोलाले आइसेकलाई विभिन्न क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समिटहरु निरन्तर आयोजना गर्न उत्साहित गर्ने कम्पनीले जानकारी दिएको छ ।

कोकाकोलाले आइसेकका सदस्यहरुलाई कम्पनीको दिगो परियोजनाहरु भ्रमण गर्न र संचालमा रहेका परियोजनाहरुमा आबद्ध हुनका लागि स्वयंसेवकहरुलाई उत्साहित बनाउने कम्पनीको बुझाई छ । साथै, यो सहकार्यका साथमा, आइसेकले युथ स्पिक फोरमको आयोजना गर्नेछ, जहाँ कोकाकोलाले भावी पुस्ताका संभावित नेतृत्वलाई प्रेरणा दिने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा कोकाकोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने, ‘यो सहकार्यका साथमा, हामी यो आशा गर्दछौं कि नेतृत्व दिने युवाहरुलाई विभिन्न श्रृंखलाको युथ स्पिक फोरमको आयोजनाका साथमा अझ ससक्त रुपमा जोड्ने छौँ । युथ स्पिक फोरम युवाहरुका लागि प्रतिष्ठित व्यक्ति एवं संस्थाहरुसंग आवद्द गराउन उनीहरुको आवाज ऊक्त संस्था वा व्यक्ति सम्म पुर्याउने माध्यम बनेको छ ।’

आइसेक नेपालका अध्यक्ष नारायनन्ले भने, ‘आइसेक यस्तो माध्यम हो जहाँ नेपालका युवाहरुले उनीहरुको आफ्नो नेतृत्व क्षमतालाई अनुभव सहितको सिकाईबाट हासिल गर्न मद्दत गर्दछ, यसले शैक्षिक डिग्री भन्दा बाहिरबाट उनीहरुलाई विकास गराउँदै बजारमा रोजगार हासिल गराउन सहयोग गर्दछ । हामी नेपालका युवाहरुलाई उत्साहित गराउँदै उनीहरुले विदेशमा हासिल गरेको अनुभवबाट नेपाली समाजमा योगदान गर्न सकुन्, यहाँ नि र विदेशमा नि ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.