ओप्टोको नयाँ प्रोजेक्टर नेपाली बजारमा, फोर के प्रविधिमा फिल्म हेर्न सकिने

  २०७४ असोज १ गते २०:०६     विकासन्युज

काठमाडौं  । डि एण्ड डिईन्क प्रालीले ओप्टोमा प्रोडक्टसको नयाँ प्रोजेक्टर नेपाली बजारमा ल्याएको छ ।  ओप्टोमाको फोर के युएचडी प्रोजेक्टर दुई वटा मोडलमा उपलब्ध छन् – अप्टोमा युएचडी६५ र युएचडी६० ।

यसलाई इभोस्टोर आउटलेट र प्रतिष्ठित आइटी सप्सबाट बिक्री वितरण गरिने कम्पनीले जानकारी दिएको छन्  । अप्टोमा युएचडी६५ र युएचडी६० ले टिभी, मूभी र गेमिङ्गका पारखीले फोर के फिल्म क्वालिटी इमेजमा हेर्न सकिनेछ  । अल्ट्रा एचडी फोर के रिजोलुसनले साना साना सामाग्रीलाई पनि जीवन्त बनाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।

८.३ मिलियन अनस्क्रिन पिक्सलको साथमा अप्टोमा युएचडी६५ ले कन्ज्युमर टेक्नोलोजी एशोसिएशन (सिटिए) बाट फोर के यूएचडीको र सिटिए हाइ डाइनामिक रेञ्ज ९एचडिआर० कम्प्याटिबल डिस्प्ले स्ट्याण्डर्ड्सको आवश्यक प्रावधान पुरा गरेको कम्पनीको दाबी छ। यसले स्ट्याण्डर्ड एचडीभन्दा बढी स्पष्ट तस्वीर देखाउने कम्पनीले ग्यारेन्टी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.