काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

  २०७४ भदौ ३० गते १२:२३     विकासन्युज

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।

जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहुँच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ ।

जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा स्थानीयले झण्झट ब्यहोरेका छन् ।

इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहुँच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पुर्याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्प प्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पुर्याउने परियोजनाअन्तर्गत काम भइरहेको बताए ।

उनले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पुर्याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भने ।

चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताए । रासस
––––––––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.