राजधानीको वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तानी व्यापार मेला सुरु, फर्निचरदेखि गरगहनासम्म

  २०७४ भदौ २९ गते ९:०६     विकासन्युज

काठमाडौं । राजधानीको त्रिपुरश्वरस्थित युनाइटेड वर्ड ट्रेड सेन्टरमा पाकिस्तानमा उत्पादित वस्तुहरुको व्यापार मेला सुरु भएको छ । बुधबारदेखि सुरुभएको ८ औं संस्करणको मेड इन पाकिस्तान एक्सपोको पाकिस्तानी व्यवसायीको सहभागितामा रावलपिन्डी चेम्बर अफ कमर्शले आयोजनामा गरेको हो ।

एक हप्तासम्म चल्ने यो मेलामा फर्निचर, छालाजन्य वस्तु, हस्तकला सामग्री, गरगहना लगायतका पाकिस्तानी उत्पादनका सामग्रीहरु बिक्रीमा राखिएका छन् । उक्त व्यापार मेलामा पाकिस्तानका ५० जना भन्दा बढी व्यवसायीले भाग लिने आयोजकले जानकारी दिएका छन् ।

मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पाकिस्तानी सामग्रीमा नेपाली उपभोक्ताको निकै आकर्षित हुने गरेको बताए । उनले भने, ‘हामी नेपाली पाकिस्तान घुम्न गयौं भने साथीभाईहरुले पाकिस्तानी छालाका सामान कोसेली ल्याउन आग्रह गर्छौं । पाकिस्तानी उत्पादनसँग हाम्रो स्नेह जोडिएको छ ।

कार्यक्रममा सार्कका महासचिव अमजाद हुसेन बी साइलले दक्षिण एशियाली मुलूकहरुबीच सडक सञ्जालको आवश्यकता रहेको बताए । उनले भने, ‘यदी मैले अलादिनको चिराक भेटाए भने । म जिनसँग सुखसयल माग्दिन । हामी सार्क अन्तर्गका मूलुकबीच कनेक्टीभिटी होस् यही कामना गर्छु ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझर जाभेद, पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारी, पाकिस्तान नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष हिमालय शमशेर राणा र र ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष सबिन श्रेष्ठको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.