भारतमा गाडीको कर ७ प्रतिशतसम्म बढ्यो, नेपालमा के होला ?

  २०७४ भदौ २८ गते १९:५४     विकासन्युज

 

नयाँ दिल्ली । भारत सरकारले  ठुला तथा मध्यम आकारका कारमा कर बढाएको छ । वस्तु तथा सेवा कर (जिएसटी) कार्यान्वयनमा समस्या देखिएपछि भारत सरकारले ठुला कारमा ५ प्रतिशत र स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुबी)मा ७ प्रतिशतले कर बढाएको हो ।

भारतमा जुलाई १ देखि जिएसटी लागू भएपछि कारको मूल्य ३ लाख रुपैयाँले घटेको थियो । त्यसबेला जिएसटी लागू हुनु भन्दा अगाडीका दिनहरुमा संयुक्त रुपमा केन्द्रिय र प्रादेशिक करको मूल्य भन्दा कम थियो । यसलाई मध्य नजर गर्दै काउन्सीलले कर बढाएको हो ।

जिएसटी काउन्सीलसँग भेटेपछि भारतीय वित्तमन्त्री अरुण जेट्लीले ठुला तथा अधिक मात्रामा खरिद गर्न योग्य कारमा कर बढाइएको जानकारी दिए । जिएसटी नेटवर्कको प्रक्रियामा समस्या आएपछि कर बढाइएको उनले जानकारी दिए । उनले टाइम्स अफ ईण्डियासँग कुरा गर्दै भने, ‘जिएसटी लागू हुनुभन्दा अगाडीका करहरु प्राप्त भएको छैन । यद्दपी हामीले ७ प्रतिशतसम्मले बढाएका छौं ।’

गत सेप्टेम्बर ९ मा भारतको जिएसटी काउन्सीलले मिड साइज कारमा दुई प्रतिशत, ठुला कारमा ५ प्रतिशत र एसयुबीमा ७ प्रतिशतले बढाएको छ । सोमबार रातमा भारतीय वित्त मन्त्रालयले कारमा लाग्ने करको मात्रा बढाएर नयाँ दर कार्यान्वयन गर्ने संकेत देखाएको छ ।

मिड साइजका कारको वास्तविक जिएसटी रेट ४५ प्रतिशत हुनेछ भने ठुला कारहरुको ४८ प्रतिशत रहनेछ । एसयुबीमा भने ५० प्रतिशत दर रहनेछ । एसयुबी अन्तर्गतका कारमा ४ हजार एमएम भन्दा बढी लम्बाई र १७० एमएम भन्दा बढी ग्राउण्ड क्लियरेन्स भएका कारहरु पर्छन् ।

मन्त्रालयले गत जुन २८ को ‘कम्पेनसेसन सेस’ लाई संशोधन गर्दै करको दरमा परिवर्तन ल्याएको छ । यद्दपी साना पेट्रोल तथा डिजेल कार, मझ्यौला कार तथा १३ जनासम्म यात्रु अटाउने कारमा भने बढाइएको छैन ।

गत साता नै १५ देखि २५ प्रतिशतसम्म कर बढाउने अध्यादेश लागू भएको थियो । त्यसपछि सेप्टेम्बर ९ मा काउन्सीलले विभिन्न सेग्मेन्टमा करको मात्रा बढाउने निर्णय गरेको थियो ।

वित्त मन्त्रीले यसको जानकारी दिदैँ साना कारमा जिएसटीमा कुनै परिवर्तन नल्याउने बताएका छन् । उनले भने, ‘साना कार किन्नेलाई कुनै अतिरिक्त बोझ बढाइने छैन ।’ जेटलीका अनुसार १२०० सिसि पेट्रोल कार तथा १५०० सिसिसम्मका डिजेल कारको दाममा कुनै परिवर्तन छैन ।

काउन्सील अन्तर्गत मन्त्रीहरुको एउटा कमिटी नै गठन गरिएको छ । जसले जिएसटी नेटवर्कमा आउने समस्यालाई समाधान गर्दै जानेछ । महिन्द्रा एण्ड महिन्द्रा, टोयोटा लगायतका कार कम्पनीहरुले कर बढेसँगै कारको मूल्य पनि बढाउने जानकारी दिएका छन् ।

भारतमा जिएसटी लागू भएपछि नेपालमा कस्तो प्रभाव पर्ला भन्ने विषयमा नेपालका व्यवसायी अन्यौलमा छन्  । यद्दपी भारतसँ झण्डै  ६५ प्रतिशत व्यापार हिस्सा रहेकोले जिएसटीले नेपाललार्इ पक्कै प्रभाव पार्ने विज्ञहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.