सनराइज बैंकले ६ जना शोधकर्तालाई गर्यो सहयोग

२०७४ भदौ २८ गते १९:४६ विकासन्युज

काठमाडौं । सनराइज बैंकले एमबीबीएसमा अध्यनरत ६ जना शोधकर्तालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले जनही ३० हजार रुपैयाँ दरले सहयोग गरेको जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयसंग भएको सम्झौताअनुसार सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

बैंककोे तर्फबाट नायव महाप्रबन्धकद्धय आशा राणा अधिकारी र रविनकुमार नेपालले शोधकर्तालाई सहयोग प्रदान गरेका थिए ।