गुणस्तरीय निर्माण सामाग्री खोज्दै हुनुहुन्छ ? जगदम्बाले ल्यायो ‘हाम्रो घर’ मोवाइल एप

  २०७४ भदौ २८ गते १९:२७     विकासन्युज

काठमाडौं । राम्रो घर निर्माण सबैको सपना हो । त्यसमा पनि गुणस्तरीय सामाग्रीको छनौट सबैको आवश्यकता हो । गुणस्तरीय सामाग्रीको खोजी र जानकारी कसरी गर्ने ?

प्रविधिको प्रयोग गर्दै निर्माण सामाग्रीका बारेमा विविध जानकारी दिने र गुणस्तरीय घर निर्माणका सामाग्री छनौटमा सहयोग गर्ने उदेश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर भन्ने मोवाईल एप बनाएको छ ।

यो एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पूर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ ।

सपनाको घर निर्माणका लागि चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टिमसंग सिधै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यो एप एनड्रोइड फोनको लागि प्लेस्टोरमा रहेको छ ।

विभिन्न व्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको जगदम्मा सिमेन्टले जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.