आईएमई गर्ने पर्बबहादुरले पाए ६ लाखको जीवन बीमा, ९०० जना आईएमई पे क्यासमार्फत् पुरस्कृत

  २०७४ भदौ २८ गते १९:०१     विकासन्युज

काठमाडौ । यस पटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशिया स्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुन् ।

भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने आईएमईले जनाएको छ ।

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको सो कम्पनीले जनाएको छ ।

मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने छन् ।

आईएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्याउने सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.