मेगा बैंकको ६५ प्रतिशत हदप्रद शेयर निष्काशन

  २०७४ भदौ २८ गते १८:४८     विकासन्युज

काठमाडौँ । चुक्तापुँजी बढाउन मेगा बैंकले हकप्रद शेयर निष्काशन गरेको छ ।
बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए ।

उनका अनुसार २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद निष्काशन गरिएको हो ।

हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको नाफाबाट वितरणयोग्य रकम समेत गरी बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.