एनएमबि बैंक र आभार फाउन्डेसनबीच लघुवित्त सेवा सम्झौता

  २०७४ भदौ २८ गते १७:१७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आभार फाउन्डेसनसँगकाे साझेदारीमा   बिपन्न वर्गका ग्राहकलाई लक्षित गरेर लघुवित्त सेवा दिने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी. र आभार फउन्डेसनका महासचिव सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट एनएमबि आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लामा लघुवित्तीय सेवा विस्तार गर्ने छन् ।
ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ ।
बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.