एप्पल इभेन्टको मूख्य आकर्षण बन्यो आईफोन एक्स, फिचर्स र मूल्य सहित

  २०७४ भदौ २८ गते १०:४७     विकासन्युज

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर तीनवटा नयाँ मोडलका आईफोन सार्वजनिक गरेको छ- आइफोन ८, ८प्लस र आइफोन एक्स । यसै अवसरमा एप्पल टिभी र एप्पल स्मार्ट वाच पनि सार्वजनिक भएको छ ।

यो सबै उत्पादन आगामी सेप्टेम्बर २२ देखि बजारमा उपलब्ध हुनेछन् । नेपाली समय अनुसार मंगलबार राती पौने एघारे बजे सुरु भएको यो इभेन्टमा आइफोन सार्वजनिक गर्दै १० औं वार्षिकोत्सव मनाइएको थियो । सन् २००७ जनवरी नौ मा पहिलो आइफोन सार्वजनिक गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पनीका संस्थापक स्टिभ जब्सलाई स्मरण गर्दै भने, ‘हामीले सधै स्टिभ जब्सलाई सम्झिएका छौं ।’

कम्पनीले यसको सबैभन्दा विशेष उत्पादन आईफोन एक्स अन्तिममा लन्च गरिएको थियो। कुकले यी उत्पादनलाई क्यालिफोर्नियाको हेडक्वार्टर एप्पल पार्कमा ‘स्टिभ जब्स थियटर’मा सार्वजनिक गरेका थिए । यो समारोहको विशेष पाटो रहेको छ ।  यो भूमिगत थियटरमा एक हजार वटा सिट छन् ।
आईफोन एक्स

आईफोन एक्स यो इभेन्टको आकर्षणको केन्द्रबिन्दु बन्न सफल रह्यो । यसको शानदार लुक्स नै यसलाई अन्य आईफोनको तुलनामा पृथक राख्न सक्यो । यसमा हझम बटन छैन । यसको स्क्रीनमा तलदेखि माथीसम्म स्वाइप गरेर होममा जान सकिन्छ । यसमा फेस रिकग्निशन अनलक सिस्टम छ ।  साथमा यसमा पासकोडको पनि सुविधा छ। यसको टपमा इन्फ्रारेड क्यामरा छ जसले अध्यारोमा पनि प्रयोगकर्ताको फेस डिटेक्ट गर्न सक्छ। बिल्ट-इन न्यूरो इञ्जिनको साथ यसमा ट्रु डेप्थ क्यामरा सिस्टम पनि छ। यसमा थ्रीडी  टच फीचर तथा वायरलेस चार्जिंगको पनि सुविधा छ। यो माइक्रो स्कोपिक लेभलमा पानी तथा धुलो प्रतिरोधात्मक छ। यसमा वाइड एंगल १२  मेगापिक्सल क्यामरा छ। यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ ।

आईफोन ८ प्लस
यो दुवै फोन आईफोन ७ र ७ प्लस भन्दा खासै फरक छैन । आईफोन ८ को सुरुवाती मूल्य ६९९ रहेको छ । आईफोन ८ प्लसको मूल्य ७९९ अमेरिकी डलर रहेको छ । यो दुवै फोन ग्लास फ्रन्ट तथा ब्याकका साथमा सिल्भर, स्पेस ग्रे, न्यू गोल्ड कलरमा सार्वजनिक भएका छन् । नयाँ आईफोनको ग्लास अहिलेसम्मकै टिकाउ मानिएको छ । यो पनि एक्स जस्तै पानी र धुलो प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । वायरलेस चार्जिंगको साथमा यसमा पनि थ्रीडी  टच तथा ट्रू टोन डिस्प्ले रहेको छ । सात हजार सिरिज आल्मुनियम, लेजर वेल्डेड स्टील तथा कपर स्ट्रक्चरको साथमा आईफोन ८को स्क्रीन साइज ४.७ इञ्चको छ । आईफोन ८ प्लसको डिस्प्ले ५.५ ईञ्चको छ । दुवै फोनमा १२ मेगा पिक्सलको क्यामरा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.