जलविद्युत र सडक बनाउन अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग दिदै, बिहीबार अमेरिकामा सम्झौता हुने

  २०७४ भदौ २८ गते ९:४२     विकासन्युज

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।
अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गर्ने भएको हो । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ ।
अमेरिकी कंग्रेसमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विष्लेषण गर्दे यो रकम स्वीकृति गरेको हो । यो सहयोग रकम मध्ये १५ अर्ब रुपैयाँ भन्दा बढी ३ सय किलोमिटर लामो ४ सय केभी उच्च भोल्टेजको प्रसारणलाइन निर्माणमा खर्च हुने नेपालस्थित एमसीसीको कार्यलयले जनाएको छ । यसका लागि आयोजना छनौट भइसकेका छन् ।
यस्तै सडक निर्माण र पुराना सडक र पुल मर्मतका लागि पनि रकम खर्च हुने छ । सडक आयोजना छनौट भइसकेको एमसीसी कार्यलयले जनाएको छ ।
सहयोग सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अर्थका अधिकारी अमेरिका पुगिसकेका छन् । सहयोग सम्बन्धि सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थमन्त्री कार्की र अमेरिकाका उपविदेशमन्त्री जोहन जे सुल्भियानले हस्ताइक्षर गर्ने कार्यक्रम तय भएको एमसीसीले जनाएको छ ।
अमेरिकाले दिएपछि अपुग रकम नेपालले थप्ने सहमति भएको छ । नेपालले करिव १३ अर्ब रुपैयाँ थप्ने संभावना छ । सम्झौता भएको ५ वर्षभित्र आयोजनाको काम सम्पन्न हुनुपर्ने छ । नत्र रकम फिर्ता जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.