दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म पाइने, ४० अर्ब वितरण हुने

  २०७४ भदौ २८ गते ८:५८     विकासन्युज

काठमाडौं । दशैलाई लिक्षित गरेर नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न थालेको छ ।
बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएको नोट व्यवस्थापन विभागले जानकारी दिएको छ ।
राष्ट्र बैंकको सटही काउन्टरबाट ५, १०, २० ५० र १०० का नयाँ नोट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नोट सटही हुने छ । दशैलाई ४० अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् ।
यस्तै उपत्यका बाहिर जिल्लास्थित राष्ट्र बैंकको शाखा कार्यलबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.