प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र १६० प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पास

  २०७४ भदौ २७ गते २०:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न सातौं, आठौं, नवौं र दशौं बार्षिक साधारण सभाले बोनस सेयरपछि चूक्ता पुंजीको १६० प्रतिशतले अर्थात १ शेयर बराबर १.६० का दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ ।

सभाले आर्थिक बर्ष २०६९।७०, २०७०।७१, २०७१।७२ र २०७२।७३ को वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले आ.व. २०७३।७४ को वार्षिक साधारण सभा आगामी पुस मसान्तभित्रमा गर्ने समेत जानकारी दिएको छ । साथै सो साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्वको चयन लगायतका निर्णयहरु गरेको छ ।

यो कम्पनीले देशका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा सेयर धनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि रहेको सम्बन्धमा जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.