सुरु भयो नयाँ नोट छाप्ने प्रक्रिया, ग्लोबल टेण्डरबाट खोजिँदै कम्पनी

  २०७४ भदौ २७ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ  नोट छाप्नका लागि प्रक्रिया सुरु गरेको छ ।नयाँ नोटको डिजाइन, छाप्ने र आपूर्ति समेतको कामका लागि बैंकले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) अघि बढाएको छ ।

पहिलो चरणमा कम्पनी छनौटका लागि पुर्वयोग्यता छनौट (पिक्यु) का लागि प्रस्ताव आब्हान गरेको छ । केही श्रेणीका नोटको डिजाइन समेत परिवर्तन हुने राष्ट्र बैंकले जनाएको छ ।

पुराना नोटलाई क्रमश विस्थापन गर्दे लैजान केन्द्रीय बैंकले नयाँ नोट छाप्नका लागि ठेक्कापट्टाको काम सुरु गर्न लागेको हो । पिक्युबाट छनौट भएका कम्पनीले मात्र नोटको डिजाइन, छाप्ने र आपूर्तिको कामका लागि हुने ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् ।

यसअघि पिक्युका लागि प्रस्ताव आब्हान गर्दा सन्तोषजनक प्रस्ताव नपरेपछि रद्ध गरे पुनः आब्हान गरेको हो । आउदो अक्टुबर २७ सम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले भनेको छ । केन्द्रीय बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका ७ श्रेणीमा नयाँ नोट छाप्नका लागि पिक्यु गरेको जनाएको छ ।

यति नोट छाप्ने भनेर निश्चित नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । “अहिले नै यति नोट छाप्ने निर्णय भएको छैन” उनले भने “कम्पनी छनौटपछि आवश्यकता अनुसार यसको प्रक्रिया सुरु हुने छ ।”उनका अनुसार यसको समय अवधि २ वर्षको हुने छ ।

मुलुकमा सेक्युरेटी प्रेस नहुदा राष्ट्र बैंकले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बो रुपैयाँ विदेशिने गरेको छ । लगानी बोर्डले नेपालमै नोट छपाइ गर्नका लागि ठुलो लगानीमा सेक्युुरिटी प्रेस राख्ने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.