समस्याग्रस्त मुक्त भई पुनः वित्तीय कारोबार गरेका बैंक तथा वित्तीय संस्थालाई पुंजी पुर्याउन २ वर्ष थप

  २०७४ भदौ २७ गते २०:१९     विकासन्युज

काठमाडौं । समस्याग्रस्तबाट मुक्त भएर पुनः वित्तीय कारोबार गरेका बैंक तथा वित्तीय संस्थाले चुक्तापुँजी पुर्याउन २ वर्ष थप समय पाएका छन् ।

नेपाल राष्ट्र बैंकले विभिन्न समयमा संकटग्रस्त घोषणा गरेर कारोबार प्रतिवन्ध लगाएका वित्तीय संस्थामा पछिल्लो समयमा नयाँ लगानीकर्ताले पुनः बैकिङ कारोबार सुरु गरेपछि राष्ट्र बैंक सकरात्मक भई समय थपेको हो ।

केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गरी समस्याग्रस्तबाट मुत्त भई पुनः सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले आगामी वि.सं २०७६ असारसम्म चुक्तापुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ ।

समस्याग्रस्त भई पुनः सञ्चालनमा आएका जनरल फाइनान्स लिमिटेड र अरुण फाइनान्स लिमिटेडले अब चुक्तापुँजी पुर्याउन २ वर्षको समय पाएका हुन् ।

यस्तै कर्जा, पुंजी र निक्षेप अनुपात (सीसीडी रेसियो) को विषयमा र प्राथमिकता प्राप्त र विपन्न क्षेत्रमा प्रवाह गर्न तोकिएको न्युनतम अनुपातमा औचित्य र आवश्यकताका आधार छुट दिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै केन्द्रीय बैंकले संकटग्रस्तबाट मुक्तभई सुधार गरेर पुनः सञ्चालनमा आउने तयारी भएको बैंक तथा वित्तीय संस्थाले तोकिएको चुत्तापुँजीको न्युनतम् २५ प्रतिशत कल इन एडभान्स समेत पुरा र न्युनतम् पुँजीकोषको अनुपात समेत पुरा गरी समस्याग्रस्तबाट मुक्त भएको मितिबाट २ वर्षभित्र चुक्तापुंजी पुर्याउन समय दिएको राष्ट्र बैंकले जनाएको छ ।

समस्याग्रस्त मध्ये २ सञ्चालनमा आइसकेको र बाँकी ९ मध्ये केही वित्तीय संस्था सञ्चालनमा आउन लागेका छन् ।
वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रियस्तरको विकास बैंकले साढे २ अर्ब र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन आउदौ वार्षिक साधारणसभासम्म समय दिएको छ ।

चुक्तापुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई निक्षेप परिचालन र कर्जालगानीलगायत वित्तीय करोबार रोक्ने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.