किंग्स कलेजले १६औ‌ अाइएफ सम्मेलनको आयोजना गर्ने

  २०७४ भदौ २५ गते १६:५२     विकासन्युज

काठमाडौं । किंग्स कलेजले भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा १६औ‌ इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिनदिनसम्म संचालनहुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायत स्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जानकारी  दिएको छ ।

हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उद्यमशिलता तथा आर्थिक विकास रहेको छ । सम्मेलन अन्तर्गत प्लिनरी तथाप्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश गरिने जानकारी दिएको छ ।

सो सम्मेलनमा १३ वटा स्टलहरु राखिनेछ जसमा मेडेप परियोजना अन्तर्गत छानिएका १० उत्कृष्ट वस्तुहरुको प्रदर्शन गर्नेछ । साथै, ५ वटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट हुनेले एक भिडियोलाई ५० हजार रुपैँया राशि बराबरको पुरष्कारले सम्मान गर्ने किंग्स कलेजले जानकारी िदएकाे छ ।

कार्यक्रममा शिक्षक तथा विधार्थी, उधमी, विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा व्यवसायिक तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६ सय भन्दा बढी व्यक्ति सहभागीहुने अपेक्षा कलेजले गरेको छ ।

“आइएफ सम्मेलनको आयोजनागर्ने अवसरलाई हामीले नेपालमा उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा निरन्तर रुपमा खटिएबापतको सम्मानको रुपमा लिएका छांै‌।” कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने ।

कलेजले एमबिए अन्टरप्रेनरशिपको विशेष कक्षा संचालन गरिरहेको छ जसमा सामाजिक उद्यमशिलता केन्द्रको स्थापना, सामाजिक उद्यमशिलतामा वार्षिक अन्तराष्ट्रिय सम्मेलनको आयोजना, विजनेश इन्कुवेटरको संचालन लगायतका देशको उद्यमशिलताको क्षेत्र लगायतका क्षेत्रमा योगदान पुर्याइरहेको जानकारी दिएको छ ।

सम्मेलनमा सहभागीहुन नेपाली नागरीकका लागि ६ हजार ६ सय ५० रुपैँया तथा न्यून आय भएका मुलुकहरुको नागरीकका लागि १३ हजार ४०० रुपैँया दर्ता शूल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विद्यार्थीहकालागि सो शूल्क ५ हजार ३०० रुपैयाँ तथा बेलायतीनागरिका लागि २६ हजार ८००रुपैयाँ तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.