नेपाल विज्ञापन संघले नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने

  २०७४ भदौ २५ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाल विज्ञापन संघले भदौ २६ गते नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा एएफएएका अध्यक्ष रेमण्ड सो तथा प्रमुख अधिकृत भरत अभलानिले कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन राजधानी आइपुगेका छन् ।

नेपाल विज्ञापन संघका अध्यक्ष तथा पदाधिकारिहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल विज्ञापन संघले २०५८ देखि एएफएएको सदस्यको रुपमा एएफएएका बिभिन्न गतिबिधिमा सकृय रुपमा सहभागिता गर्दे आएको छ । नेपाल आईस नवौं कृति अवार्डमा २७ एजेन्सिले २४ वटा बिभिन्न बिधामा भाग लिंदैछन जस्को घोषणा भदौ २६ गते होटेल सोल्टिमा गरिदैेछ कार्यक्रमको प्रत्यक्ष प्रशारण टेलिभिजनबाट हुने जानकारी दिएको छ ।

साझ ४ बजे बाट सुरु हुने यो कार्यक्रम तिनघण्टा सम्म चल्नेछ । कार्यक्रमको प्रमुख आतिथ्यता संचार मन्त्रिबाट हुने संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.