क्लासिटेकले ल्यायो १०० एमबिपिएस सेवा, आकर्षक अफर सहित

  २०७४ भदौ २२ गते १९:२६     विकासन्युज

काठमाडौं । क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एम बि पि एस सेवा बजारमा ल्याएको छ ।
फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकवर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ ।वार्षिकग्राहकहरुलाई ६ एम बि पि एस ९१६ रुपैयाँ प्रति महिना, १५एम बि पि एस १०४२ रुपैयाँ प्रति महिना, ३०एम बि पि एस १२०८ रुपैयाँ प्रति महिना, ६०एम बि पि एस १५२५ रुपैयाँ प्रति महिना, र १०० एम बि पि एस अनलिमिटेड २९१६ रुपैयाँ प्रति महिनामाको दरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शाखाहरुमा लागुहुनेछ ।

क्लासिक टेकले डिस होमको खरिदमा पनि भारी छुटको अफर ल्याएको छ । यो अफरक्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष्य लिएर ग्राहकवर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.