दशैतिहारमा आइफोनको उपहार, चाँदीको सिक्का

  २०७४ भदौ २१ गते १९:३३     विकासन्युज

काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स्ले आइफोनको मूल्य सार्वजनिक गरेको छ ।  कम्पनीले आइफोनको मूल्य न्युनतम साढे ३२ हजारदेखि साढे ९५ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले आईफोन ५ को साढे ३२ हजार र आइफोन ७ को ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
दशैं र तिहारको अवसर पारेर म्याक बुककोे खरिदमा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रत्येक महिना एक जनाभाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्ने छन् । यसका अतिरिक्त प्रत्येक आइफोन÷म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निःशुल्क डिनर टिकट प्राप्त गर्ने छन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.