भृकुटीमण्डपमा बिहीबारदेखि यामाहा महामेला, टेस्ट राइड गर्नेले म्याकबुक जित्ने अवसर

  २०७४ भदौ २१ गते १८:०१     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट चारदिने यामाहा महामेला सुरु हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुने महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन ओइलमा विशेष छुट लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनाएको छ ।

महामेलामा ग्राहकले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् । यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै, पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था
मेलामा प्रसिद्ध बाइकर्सहरुको स्टन्ट सो, सेलिब्रिटी वाक–इन, बी–बोइङ, डान्स, फ्रि लाइसेन्स ट्रायल, ट्स्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन् । परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । साथै, यामाहा बाइक वा स्कुटरको टेस्ट राइड गर्नेले ब्रान्ड न्यु म्याकबुक जित्ने अवसर पाउनेछन् ।

यामाहाले सबै उमेर र क्षेत्रका राइडरहरुका लागि उपयुक्त हुने बाइक र स्कुटरको रेन्ज नेपाली बजारमा विक्री गर्दै आएको छ । स्कुटरमा फेसिनो, रे जेडआर र रेजी उपलब्ध छन् भने स्टाइल सेग्मेन्टमा सलुटो र एसजी आरआर छन् । त्यसैगरी, प्रिमियम सेग्मेन्टमा एफजी एफआई र एफजी–एस एफआईलाई निकै रुचाइएको छ र रेसिङ सेग्मेन्टमा निकै लोकप्रिय आर१५ र आर३ छन् ।
एमएडब्लुले केही साता अघि मात्र २५० सीसीको रहेको ‘ग्याप’लाई पुर्ति गर्दै एफजी२५ स्ट्रिटफाइटर नेपाली बजारमा ल्याएको थियो । एफजी२५को उच्च मागले नेपाली युवा राइडर यसको पावर र पर्फमेन्सबाट प्रभावित भएको कम्पनीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.