भूकम्पको २९ महिनापछि सिंहदरबारमा १ करोेड ६० लाखको टेको, १० महिना भित्रै रेट्रो फिटिङ(फोटो फिचरसहित)

  २०७४ भदौ २१ गते १७:०८     विकासन्युज

काठमाडौं । भूकम्पको २९ महिनापछि सिंहदरबारमा टेको लगाइएको छ । भत्काएर नयाँ बनाउने वा पुननिर्माण गर्ने भन्ने लामो विवादको किनारा लगाउँदै सिंहदरबारमा रेट्रो फिटिङ गर्ने टुंगो लागेको थियो ।


राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोबिन्द पोखरेलले टेको लगाएर भएपनि सिंहदरबार जोगाउने बताएका थिए । उनकै अग्रसरतामा सिंहदबार भत्काउने निर्णय उल्टिएको थियो ।

यतिबेला एक करोड ६०लाख रुपैंयाँ खर्चेर सिंहदरबारमा टेको लगाउने काम भैरहेको छ । ‘एक करोड ६० लाखमा स्काफ फोल्डिङको काम सुरु भएको छ, एक दुई दिनभित्रै कन्सल्टेन्ट नियुक्तीका लागि सूचना निकाल्छौं’, पुननिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले विकासन्युजसँग भने ।


उनका अनुसार एक दुई दिनभित्रै सिंहदबारमा रेट्रो फिटिङ सम्बन्धी विस्तृत अध्ययन गर्न टेण्डर आव्हान गरिँदैछ । अन्तिम छनौटमा परेको कम्पनीले २ करोडको लागतमा सिंहदबारमा रेट्रो फिटिङका बारेमा विस्तृत अध्ययन गर्नेछ । सो अध्ययन प्रतिवेदन प्राप्त भएपछि रेट्रो फिटिङको कार्य आरम्भ गरिनेछ ।

‘अबको १० महिनाभित्र सिंहदबारको पुननिर्माण सम्पन्न भैसक्छ, सिंहदबार पुरानै स्वरुपमा आउनेछ’, प्राधिकरणका सहसचिव मानन्धरले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.