विदेशी ब्राण्डका नाममा स्वदेशी उपभोक्ता ठग्ने ब्राण्डेड पसलमा सिलबन्दी

  २०७४ भदौ १९ गते १६:५३     विकासन्युज

काठमाडौं । दरवारमार्गका ४ वटा ब्राण्डेड पसलका सामानमा अधिक मूल्य लिएर उपभोक्ता ठगी गरिरहेकाे पाइएकाे छ । साेमबार अापूर्ति मन्त्री शिवकुमार मण्डलकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले बढी मूल्यमा काराेबार गरिरहेकाे अवस्थामा उक्त पसल सिलबन्दी गरेकाे हाे ।


आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार संयुक्त रुपमा बजार अनुगमन गर्दा २ हजार छ सय प्रतिशतसम्म नाफा लिएर बस्तु बिक्री गरेको पत्ता लागेकाे थियाे । बेलन्टीलगायतका ब्राण्डेड सामान बेच्ने पसलमा सिलबन्दी गरेको टाेलीले जानकारी दिएकाे छ ।

पसलले सेलका नाममा ग्राहक आर्कषित गरेर ठगी गरेको पाइएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइक ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो ।

कालोबजारी ऐनका अनुसार सामानमा २० प्रतिशतभन्दा बढी नाफा खान पाइदैन । दसैं आउन लागेपछि सरकारले अनुगमन तिब्र पार्ने जानकारी दिएको छ । ठगी गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मण्डलले जानकारी दिए ।

टाेलीले प्ले टिनम ट्रेड कन्सर्नमा अर्थिक वर्ष २०७३/७४ विल देखाउन नसकेको तथा २०७४/७५ को आयातित विल र बिक्रिमा राखिएको सामानकाे ट्यागमा रहेकाे मूल्यमा धेरै नै अन्तर देखिएको र ५० प्रतिशत डिस्काउन्ट भनेको तर विलमा नदेखिएको बताएकाे छ ।
टाेलीले सुवोध रिटेल प्रा.लि. र सेन्डली द लेदर प्रालीलार्इ व्यवसाय दर्ता सम्बन्धि कागजात तथा खरिद बिक्री सम्बन्धी बिल पेश गर्न नसकेपछि सिलबन्दी गरेका छन् । त्यस्तै एभिन्यू मार्केटिङ्ग प्रा.लि.मा विक्रीमा राखिएका नाइकका जुत्ता, टिसर्ट लगायतका सामानहरुमा अत्याधिक मूल्य राखि बिक्री वितरण गरिएको पाइएकाे छ । टाेलीले स्पष्टीकरण सहित ३ दिन भित्र यस अापूर्ति विभागमा उपस्थित हुन निर्देशन दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.