नाडा अटो शो सम्पन्न, २६०० सवारी साधन बिक्री

  २०७४ भदौ १८ गते २०:१९     विकासन्युज

काठमाडौं । १२ औं संस्करणको नाडा अटो शोमा २ हजार ६०० भन्दा बढी सवारीसाधन बिक्री भएका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा झन्डै एक हजार वटा चार पाङ्ग्रे तथा करिब १६०० वटा दुई पाङग्रे सवारी साधन बिक्री भएका हुन् ।

६ दिनसम्म चलेको यो मेलामा ६० हजार भन्दा बढी आगन्तुकले अवलोकन गरेका छन् । यो मेलामा दर्जनभन्दा बढी नयाँ ब्राण्डका सवारीसाधन सार्वजनिक गरिएको आयोजकले बताएका छन् । गत मंगलबारदेखि यो मेला सुरु भएको थियो ।

यो अटो शो सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्सको शिर्ष प्रायोजकमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को संयुक्त आयोजना रहेको थियो ।

नेपालमा सवारी विलासिताको मात्र साधन नभएको प्रमाण अटो शोको तथ्यांकले देखाएको नाडाका प्रतिनिधी दिपकाजी तुलाधारले बताए । उनले भने, ‘अब सवारीसाधन सबैको आवश्यकता भइसक्यो । यति धेरैजनाले सवारीसाधन बुक गर्नुभएको छ। पक्कैपनि आवश्यकता भएर हो ।’

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहेको थियो । जसमा नेपालमै उत्पादित् सामग्रीहरू समेत थिए ।

एकै ठाँउमा पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पुण क्षेत्रको विश्लेषण, विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको आयोजकले बताएका छन् । नाडा अटो शो २०१७ खरिद बिक्री मात्र हुने एउटा व्यापारिक मेला मात्र नभई समग्र नेपाली अटोमोवाइल व्यवसायको क्रमिक एवं समस्टिगत विकासको प्रस्तुती थियो ।

यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहेका थिए भने जसमा ९० वटा कम्पनीको सहभागिता रहको थियो । प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहेका थिए ।

कार्यक्रममा गोलाप्रथामार्फत टिकट नम्बर ०२४८४० लिने सहभागीले डोरप्राइज प्राप्त गरेका छन् । डोर प्राइजमा युएमको रेनेगेड राखिएको थियो ।

यस वर्षको बेस्ट स्टलमा शरण एण्ड ईलेक्ट्रोनिक्सले पाएको छ। कमर्शियल भेहिकलमा आइएमी अटोमोबाइल्सको अशोक लेल्याण्डले बेस्ट स्टल अवार्ड प्राप्त गरेको छ । चार पाङ्ग्रेमा फोर्डले पुरस्कार पाएको छ भने दुई पाङग्रेमा बजाजले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.