चीनबाट होङसीले सिमेन्टमा ३६ अर्ब लगानी ल्याउने, आज लगानी सम्झौता हुदै

  २०७४ भदौ १८ गते ८:३४     विकासन्युज

काठमाडौं । नेपालमा सिमेन्ट उत्पादनका लागि चीनको होङसी शिभम् सिमेन्टसंग आयोजना लगानी सम्झौता (पीआईए) हुने भएको छ ।
लगानी बोर्ड नेपाल र होङसी शिमम्बीच आईतबार ३६ अर्ब रुपैयाँ बढी (३६ करोड अमेरिकी डलर) लगानी ल्याउनका लागि पीआईए हुन लागेको हो ।

सिमेन्टमा आएको सबैभन्दा ठुलो वैदेशिक लगानी हो । वैदेशिक लगानीमा अन्य ३ वटा सिमेन्ट उद्योग आउने तयारीमा छन् । लगानी बोर्डले होङसीसंग पीआईएका गर्न स्वीकृति दिएपछि प्रक्रिया अघि बढेको हो ।

होङसीले सिमेन्ट उत्पादनका लागि डलरमा लगानी ल्याउन सरकारबाट स्वीकृति पाइसकेको छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्टमा ७० प्रतिशत विदेशी लगानी आउने छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ ।

चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । उनका अनुसार उद्योगबाट सन् २०१९ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । पीआईए भएपछि औपचारिक रुपमा होङसीले नेपालमा सिमेन्ट उत्पादनका लगि काम थाल्ने उनले जानकारी दिए ।

उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ ।

ठुलो परिमाणमा सिमेन्ट उत्पादन हुने भएकाले स्वदेशी सिमेन्टको माग पुरा गर्ने अपेक्षा गरिएको छ । शिभम्ले सिमेन्ट उत्पादन गरिरहेको छ । होङसीले दैनिक ६ हजार टन र वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ ।

पछिल्ला वर्षमा निर्माण व्यवसायले गति लिएपछि स्वदेशी तथा विदेशीले सिमेन्टमा लगानी बढाएका छन् । भारत, चीन र नाइजेरियाका गरी ४ ठुला वहुराष्ट्रिय उद्योगले दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्ने भएका छन् । बोर्डका अनुसार भारतको रिलायन्स सिमेन्ट कम्पनी लिमिटेडले ७ हजार, नाइजेरियाको डाङगोटे सिमेन्ट कम्पनीले ६ हजार, चीनको होन्सी ६ हजार र चीनकै हुवाजिन सिमेन्ट कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने भनेका छन् ।

यी मध्ये ३ वटा आउने तयारीमा छन् । ४ उद्योगले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ (१ अर्ब ४५ करोड डलर) वैदेशिक लगानी ल्याउन बोर्डबाट स्वीकृति पाइसकेका छन् । होन्सीले नेपालको शिभम्संग साझेदारीमा सिमेन्ट उद्योग स्थापना गर्देछ भने अन्यले सत्प्रतिशत विदेशी लगानी ल्याउदै छन् ।

डाङोटेले मकवानपुरको भीमफेदीमा, हुवाजिनले नारायणी र रिलायन्सले नेपालको मध्य क्षेत्रमा कारखाना राख्ने तयारी गरेका छन् ।
दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्न २१५ मेगावाट बिजुलीचाहिने बोर्डले जनाएको छ । जसअनुसार रिलायन्सलाई ६०, हुवाजिनलाई २५ होन्सीलाई ८० र डाङोटेलाई ५० मेगावाट बिजुलीआवश्यक पर्ने प्रारम्भीकअध्ययनले देखाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.